सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड-Sutra News

सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार ६ काराेबार दिनदेखि मूल्यमा नयाँ रेकर्ड बनाइरहेकाे सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाली बजारमा गत आइतबारदेखि नै सुनको मूल्यले एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लाे छ काराेबार दिनकै बिचमा चार हजारभन्दा बढी मूल्य बढेकाे छ ।

लगातार बृद्धिका बिच शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ। यसअघि बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएकाे थियाे ।

बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य पाँच सय रूपैयाँले बढेकाे हाे ।

सुनकाे मूल्यमा एकपछि अर्काे रेकर्ड बनिरहँदा चाँदीकाे मूल्य भने दुई काराेबार दिन (बुधबार)देखि स्थिर छ । बुधबारकै मूल्यअनुसार शुक्रबार पनि चाँदी प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट