कुमारी बैंकको दशैँ उत्सव अफर : कहाँ कति क्यासब्याक ?-Sutra News

कुमारी बैंकको दशैँ उत्सव अफर : कहाँ कति क्यासब्याक ?

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीलाई शुभकामनास्वरुप दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।



घटस्थापनादेखि महानवमीसम्म ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तानी गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट