पहिरोले कुलेखानी हुँदै काठमाडौँ आउने बाटो बन्द-Sutra News

पहिरोले कुलेखानी हुँदै काठमाडौँ आउने बाटो बन्द

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ कौरास्थित भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ ।



वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका १२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो ।

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी-सिस्नेरी-दक्षिणकाली खण्ड तथा पूर्व-पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट