बिपी राजमार्ग एकतर्फी सञ्चालन-Sutra News

बिपी राजमार्ग एकतर्फी सञ्चालन

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काभ्रे । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका ७ चारसयबेँसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

लेदो आउने क्रम जारी रहेकाले सवारी साधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट