विरोधका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस-Sutra News

विरोधका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१
adalat

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ । आज बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो ।



परिषद्ले बैठक सुरु भएसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा धर्ना बसेर विरोध गरेका थियो । आफूहरूको माग सम्बोधनबिना सिफारिस गरिएको भन्दै नेपाल बार विरोध गरेको हो ।

बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरी न्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न माग गर्दै आएको थियो । हाल सर्वोच्चमा चार जना न्यायाधीश रिक्त छ । आगामी दिनमा थप दुई पद रिक्त हुँदैछ ।

आज बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध गर्दै परिषद् घेराउ गर्दै धर्ना दिएको थियो ।

अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएका थिए ।

परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी थालेको हो । यसविरुद्ध बारले न्याय परिषद् नियमावलीलाई लिएर विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट