सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर-Sutra News

सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापाकाे भद्रपुरस्थित आफ्नाे प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।



“सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य गराएका छन् ।

कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको कम्पनीले जनाएको छ ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ स्त्रि रोग विशेषज्ञ लगायत अन्य १२ जना सहयोगीहहरूकाे सहभागिता रहेकाे थियाे ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेकाे हाे । आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट