ऋचाको फिल्म ‘सारंग’काे फस्टलुक यस्ताे-Sutra News

ऋचाको फिल्म ‘सारंग’काे फस्टलुक यस्ताे

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडाैं । बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’को फस्टलुक पोस्टर सार्वजनिक भएकाे छ ।



पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बाल कलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ ।

कोरियोग्राफरको रूपमा समेत परिचित प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । फिल्म ०७ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने जनाइएको छ ।

फिल्ममा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, विश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने विश्वास निर्देशक तामाङको छ ।

निर्देशक तामाङ स्वयंको लेखन रहेको फिल्मलाई टि फल्क फिल्मसले वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट