लेदो खसेर नौबिसे-काठमाडौँ सडक ठप्प-Sutra News

लेदो खसेर नौबिसे-काठमाडौँ सडक ठप्प

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । रातिदेखि परेको अविरल वर्षासँगै लेदो खसेर नौबिसे–काठमाडौँ सडक ठप्प भएको छ ।



नागढुङ्गा सुरुङमार्ग नजिकै लेदो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । प्रहरीका अनुसार वर्षा जारी रहेकाले लेदो पन्छाउन समस्या भएको छ ।

लेदो खसेसँगै काठमाडौँबाट बाहिर जाँदै गरेका र काठमाडौँ भित्रिन लागेका सवारी साधन बाटोमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट