सहकारीको डेढ अर्ब अपचलन गर्ने एमालेबाट विजयी मेयर पक्राउ-Sutra News

सहकारीको डेढ अर्ब अपचलन गर्ने एमालेबाट विजयी मेयर पक्राउ

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । बागलुङ र पोखरामा इमेज सहकारी संस्थामार्फत १५ सय सर्वसाधारणको डेढ अर्बभन्दा बढी रकम अपचलन गरी फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।



अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट यसअघि रेड कर्नर नोटिस जारी गरिसकेका मेयर नेपालीलाई भारतको दिल्ली विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पुष्टि गरेको छ ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका नेपालीले डेढ अर्बभन्दा धेरै रकम अपचल गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेपछि फरार रहेका थिए ।

दिल्लीमा पक्राउ परेका नेपालीलाई भारतीय प्रहरीसँगको समन्वयमा नेपाल ल्याउने प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जनाएको छ । सहकारी ठगीमा फरार रहेका उनले यसअघि पटकपटक आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न दिए अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट