फिल्म ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक, प्रदीपको अनेक रुप प्रस्तुत-Sutra News

फिल्म ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक, प्रदीपको अनेक रुप प्रस्तुत

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । आगामी कार्तिक १५ (लक्ष्मी पूजा)मा रिलिज हुन लागेको फिल्म ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता प्रदिप खड्काका विभिन्न चरित्रलाई प्रस्तुत गरिएको छ । अर्का अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ ।



एक मिनेट २० सेकेण्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ । साथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ ।

१० वर्षपछि चलचित्रमा कमब्याक गरेका अभिनेता राजबल्लभले यसपटक आफ्नो अघिल्लो भूमिकाभन्दा फरक र आधुनिक शैलीको चरित्र निभाएका छन् ।

यही चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्या रायमाझीलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या नेपाली चलचित्रका चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन्, र उनले यही चलचित्रको लागि अमेरिका छोडेर नेपाल फर्किएकी हुन् ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ ।

‘एक्टरः टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ ।

चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट