आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

आज मिति २०८१ असोज १२ गते शनिबार । सन् २०२४ सेप्टेम्बर २८ तारिख । नेपाल सम्बत ११४४ एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । अब सुरु गरा राशिफलः



मेष

समय शुभदायी छ । मान सम्मान, प्रतिष्ठा पाइने दिन छ । नसोचेको लाभ मिल्न सक्छ । काममा देखापरेका चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने योग छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग हासिल होला ।

बृष

शुभता बढ्ने छ । प्रयास गरेको काम चाहेकै समयमा पूरा हुनाले समय फुर्सदिलो रहने छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने दिन छ । स्वास्थ्य केही प्रतिकूल रहला, तथापि हिम्मतले काम लिन सकिएला । अप्ठ्यारो चुनौतीसँग सम्झौता गर्नुपर्ने योग छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक सुखका साथै आफन्तको साथ मिल्नेछ ।

मिथुन

शुभता बढ्ने समय छ । व्यवसायमा लगानी वृद्धि होला । मातृ माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहला, तर समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्ने छन् । मेहनतले जीवन शैलीमा परिवर्तन ल्याउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह

दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । यात्रागत कार्य सफल हुनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा फाइदाको योग छ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति रहने छ ।

कन्या

भाग्यबल बढ्ने छ । कर्मको उचित प्रतिफल प्राप्त हुने समय छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । सुख वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नु हुनेछ । पराक्रम वृद्धि होला । मान महत्व बढ्ने छ । आफन्तको साथ प्राप्त होला ।

तुला

दौड धुप बढ्नेछ भने जोखिम वृद्धि हुनेछ । तथापि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो होला । नयाँ ज्ञान सिक्ने एवम् व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने छ, सचेत रहनु होला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक

मनमा डरको भाव भए पनि आजको दिन विभिन्न अवसरले पछ्याउन सक्छ । बोलीको प्रभाव बढ्ने छ भने ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको कामले उत्साह जगाउने छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्य सुख बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । आरोग्यता रहनेछ ।

धनु

कार्य सम्पादन गर्ने क्षमता बढे पनि केही अवसर फुत्कन सक्छन, ध्यान राख्नु होला । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । धेरैको मन लोभ्याउन सकिने समय छ । मिठो भोजन प्राप्त होला । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर

परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेमभाव बढ्ने छ । रसरागमा आकर्षण बढ्ला । सन्तानसुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

अरूको फाइदाका लागि उपयोग भइने समय छ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । थिचोमिचो गर्नेहरू भारी पर्न सक्छन्, ध्यान राख्नुहोला । ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । व्यस्तता बढ्ने छ ।

मीन

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा समारोहमा सहभागी हुने अवसर मिल्ला । तार्किक क्षमता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट