आज पनि देशभर वर्षा हुने, तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना-Sutra News

आज पनि देशभर वर्षा हुने, तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट