पहिरोमा पुरिएर आमाछोरीको मृत्यु-Sutra News

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।



मृत्यु हुनेमा फिदिम नगरपालिका ४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका १२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवै जनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ ।

पहिराले नेपाल आदिवासी जनजाति महासंघको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट