ललितपुरमा चार जनाको मृत्यु, प्रहरी चौकी बग्यो-Sutra News

ललितपुरमा चार जनाको मृत्यु, प्रहरी चौकी बग्यो

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका ३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।



गोदावरी नगरपालिका १० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।

गोदावरी ३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी ३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

महाङ्काल गाउँपालिका ३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल ३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए । “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारी साधनसहित तीन वटा घर पनि बगेका छन्, त्यहाँ पाँच जना थिए, उनीहरु सम्पर्क छैनन्।” उनले भने ।

बागमती गाउँपालिका ३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।

उनका अनुसार बागमती पुलमा क्षति भएको छ भने खानीखोला हाइड्रोपावर डुबानमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट