कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो-Sutra News

कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल)मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।



जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभर फ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्य दिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार ५३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार ५३१ मिटर पानी भरिएरको थियो । पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो ।

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार ५३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए । वर्षा अझै जारी रहेकाले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट