काठमाडौँ उपत्यकामा मात्रै बाढी पहिरोले २१ जनाको मृत्यु-Sutra News

काठमाडौँ उपत्यकामा मात्रै बाढी पहिरोले २१ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।



काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् । सोही अवधिमा नौ जना घाइते भएका छन् ।

बाढी पहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनको भनाइ थियो । बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट