एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो-Sutra News

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । पहिरोमा पुरिएको आशंका गरिएका इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।



उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

यसैबीच, इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर २ खानीखेतस्थित २८ घर डुबानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट