बाढी पहिरोको धनजनको क्षति, कांग्रेस नेताको दाबी- आर्थिक समृद्धि गर्न यो सरकार गठन-Sutra News

बाढी पहिरोको धनजनको क्षति, कांग्रेस नेताको दाबी- आर्थिक समृद्धि गर्न यो सरकार गठन

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । देशभर बाढी पहिरोले धनजनको क्षति भइरहेको अवस्थामा उनले यस्तो दाबी गरेका हुन् ।



नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजया दशमीको ‘शुभकामना आदानप्रदान तथा कांग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग मिलेर सरकार गठन गरिएको बताए ।

“मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ, सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ,” नेता डा. कोइरालाले भने ।

नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राखे ।

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, कांग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि सङ्घ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट