वर्षापछि ललितपुरमा मात्रै १८ जनाको मृत्यु-Sutra News

वर्षापछि ललितपुरमा मात्रै १८ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । वर्षाजन्य विपदमा परी ललितपुरमा मात्रै हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उद्धारका क्रममा ती शव फेला परेको हो ।



शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांकअनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारी अनुसार हालसम्म महांकाल गाउँपालिका ३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् ।

प्रहरीले सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट ४१६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट