आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

आज मिति २०८१ असोज १३ गते आइतबार । सन् २०२४ सेप्टेम्बर २९ तारिख । नेपाल सम्बत ११४४ द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः५५ बजे भयो भने सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आँटेका काममा बाधा पुर्याउनेहरू सक्रिय रहने समय छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्ने देखिन्छ । तथापि, मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मानसमेत प्रप्त हुनेछ । सहयोगीहरूले उत्साह जगाइदिने छन् । आमोद प्रमोदमा रमिरहनु हुनेछ ।

बृष

स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सन्तानसुख बढ्नेछ । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

पराक्रम र आनन्द बढ्ने दिन छ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने समय छ । प्रतिस्पर्धीहरूले चाहिँ अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च पनि केही बढ्ला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

आजको दिन व्यस्तता वृद्धि होला । दैनिक काममा राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ भने मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह

आयबल बढ्ने छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले उत्साह जगाउला । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आजको दिन साथीभाइसँग विशेष सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन कर्मबल बढ्नेछ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सावधान रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ ।

धनु

दाम्पत्य सुख बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । रसरागको भाव वृद्धि होला ।

मकर

साहस वृद्धि हुनेछ । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । मिठो भोजन प्राप्त होला । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

प्रेमभाव बढ्ने छ भने सामर्थ्य वृद्धि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

व्यस्तता बढ्ने छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आफन्तको साथ मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट