बाढी पहिरोमा परी एक सय जनाले गुमाए ज्यान, ६७ बेपत्ता-Sutra News

बाढी पहिरोमा परी एक सय जनाले गुमाए ज्यान, ६७ बेपत्ता

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । दुई दिनसम्म लगातार परेको वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाले ज्यान गुमाएका छन् । यस्तै, ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन् ।



बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई दुई, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक एक जनाको मृत्यु भएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट