झ्याप्लेखोलाकाे पहिरोमा अर्को बस पनि भेटियाे, थप ३ जना मृत भेटिए-Sutra News

झ्याप्लेखोलाकाे पहिरोमा अर्को बस पनि भेटियाे, थप ३ जना मृत भेटिए

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडाैं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ ।



अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग मात्रै देखिएकाे उनले जनाए ।

शनिबार सोही स्थानबाट १४ वटा शव निकालिएको थियो ।

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कमा छैन । भेटिएकाे बस साेही बस हुनसक्ने प्रहरीकाे अनुमान छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भइसकेकाे छैन ।

सम्बन्धित समाचार

झ्याप्ले खोलाकाे पहिराेमा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट