प्रिसेसनमा पनि बढेन नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रिसेसनमा पनि बढेन नेप्से, आजको कारोबार के होला ?

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिसेसनमा पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । प्रिसेसनमा २.८५ अंकले घट्दै नेप्से २४८३.९१को बिन्दुमा झरेको छ ।



यो सेसनमा ४७ कम्पनीको कारोबार हुँदा २४ को मूल्य बढ्यो भने १६ को घट्यो । ७ कम्पनीको स्थिर रह्यो ।

विशेषगरी यो सेसनमा जलविद्युत कम्पनीको सेयर किनबेच बढी भयो ।

१८ हजार ११ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७४ लाख ६५ हजार ६०८ रुपैयाँ बराबरको भयो । एनएलजी इन्स्योरेन्स, अरुण काबेली पावर, उपर तामाकोशी, सिटिजन लाइफ लगायत कारोबार रकमका आधारमा शीर्ष रहे ।

लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३२.८१ अंकले घट्दै २४८६.७६ को बिन्दुमा झरेको थियो । प्रिसेसनको कारोबार पनि नेप्सेमा उत्साह देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट