झ्याप्लेखोला पहिरोमा अर्काे माइक्रोबस पनि भेटियो, ७ जनाको शव फेला-Sutra News

झ्याप्लेखोला पहिरोमा अर्काे माइक्रोबस पनि भेटियो, ७ जनाको शव फेला

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडाैं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा अर्को माइक्रो बस पनि पुरिएको अवस्थामा फेला परेको छ। चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको हाे ।



उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएअनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोमा पुरिएकाे अवस्थामा भेटिएकाे हाे । उनले जनाएअनुसार उक्त माइक्रोबसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

यसअघि आइतबार नै साे पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पुरिएकाे अवस्थामा भेटिएकाे थियाे । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

यसअघि शनिबार नै साे स्थानकाे पहिराेबाट एउटा बस र माइक्रो निकालिएकाे थियाे । पुरिएको बस र माइक्रोबाट १४ जनाको शव निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट