उच्च बिन्दुमा पुगेर घट्याे सुनकाे मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेर घट्याे सुनकाे मूल्य

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य घटेकाे छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज गिरावट आएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकाे तुलनामा आज प्रतितोला छ सय रूपैयाँले घटेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सयमा कारोबार भएको सुन आजका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ निर्धारण भएको छ ।

सुनकाे मूल्यलाइ पछ्याउँदै आज चाँदीकाे मूल्य पनि घटेकाे महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने आज एक हजार नौ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट