झ्याप्लेखोला पहिरो : हालसम्म ३ वटा बसबाट ३० जनाको शव फेला-Sutra News

झ्याप्लेखोला पहिरो : हालसम्म ३ वटा बसबाट ३० जनाको शव फेला

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडाैं । झ्याप्लेखोलाकाे पहिराेमा पुरिएका तीन वटा बसहरूबाट ३० जनाको सब निकालिएको छ। काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने साे स्थानबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको छ।



पहिरोबाट अहिलेसम्म ३० जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । हिजो शनिबार १४ जना र आज थप १६ जनाको शव निकालिएको हाे ।

झ्याप्लेखोलाकाे पहिराेमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरीले जनाएअनुसार पहिराेबाट निकालिएकाे बा ३ ज १३४५ नम्बरको माइक्रो बस चितवनबाट काठमाडाैंका लागि आएको थियाे । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

यसैगरी, गाेरखाबाट काठमाडाैं आउँदै गरेकाे ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिराेबाट निकालिएकाे छ । जुन बसबाट ३ जना पुरुषको शव निकालिएको प्रहरीले जनाएकाे छ ।

यसैगरी, पहिराेबाट निकालिएकाे लु १ ज ४५७८ नम्बरको माइक्रोबस बुटवलबाट काठमाडौं आइरहेको  थियाे । उक्त माइक्रोबसबाट १४ जनाको शव निकालिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट