अहिलेसम्म १०७ वटा शव फेला, ६४ जना बेपत्ता हुँदा ७३ जना घाइते-Sutra News

अहिलेसम्म १०७ वटा शव फेला, ६४ जना बेपत्ता हुँदा ७३ जना घाइते

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । बाढी पहिरोमा परी अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ । लगातार परेको वर्षासँगै दुई दिनमा १०७ जनाको शव फेला परेको हो । सोही अवधिमा ६४ जना बेपत्ता र ७३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।



यसैगरी मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरबाट ११८ जनाको सकुशल उद्धार गरेको छ ।

अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका उनीहरूको सकुशल उद्धार गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीका अनुसार आइतबार बिहानदेखि काभ्रेका विभिन्न पालिकाबाट ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ । शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट