टी-२० क्रिकेट शृङ्खलामा नेपालले ओमानसँग खेल्दै-Sutra News

टी-२० क्रिकेट शृङ्खलामा नेपालले ओमानसँग खेल्दै

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानसँग खेल्दै छ ।



क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । शनिबार राति भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

ओमानको टी-२० क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो । आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् ।

यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपाल सम्मेलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट