झ्याप्लेखोला पहिरो अपडेट : ३ वटा बससँगै पुरिएका ३५ जनाको शव भेटियो-Sutra News

झ्याप्लेखोला पहिरो अपडेट : ३ वटा बससँगै पुरिएका ३५ जनाको शव भेटियो

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा झ्याप्लेखोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । उद्धारकार्य जारी रहँदा हालसम्म ३५ जनाको शव भेटिएको छ । सो स्थानबाट एउटा बस र दुई वटा माइक्रो बस पुरिएको अवस्थामा भेटिएका थिए ।



शनिबार १४ जनाको शव फेला परेकामा आइतबार २१ जनाको शव फेला परेको हो अहिलेपनि उद्धार कार्य जारी रहेको कारण अझै के–कति क्षति भएको छ भन्ने यकिन छैन ।

पहिरो स्थलबाट चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोसँगै १३ जनाको शव निकालिएको छ भने गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुबहाक बससँगै ८ जनाको शव फेला परेको छ ।

यसैगरी, बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबससँगै १४ जनाको शव भेटिएको छ ।

प्रहरीले पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी राखेको छ ।

सम्बन्धित समाचार

झ्याप्लेखोला पहिरो : हालसम्म ३ वटा बसबाट ३० जनाको शव फेला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट