थामिएन नेप्सेमा पहिरो, अबको यात्रा कता ?-Sutra News

थामिएन नेप्सेमा पहिरो, अबको यात्रा कता ?

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौं । साताको पहिरो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । आइतबार २२.३६ अंकले घट्दै नेप्से २४६४.४० को बिन्दुमा झरेको छ । आइतबार समग्रमा ०.८९ प्रतिशतले नेप्से घट्यो ।



प्रिसेसनमै एकल अंकले घटेको नेप्सेमा आइतबार ५१ अंकको उतारचढाव आएको थियो । उच्च उतारचढावसँगै नेप्से घट्दा अधिकांश कम्पनीको मूल्य पनि घट्न पुग्यो । आइतबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १९३ को मूल्य घट्यो । ४६ को मूल्य बढ्दा ५ को मूल्य स्थिर रह्यो ।

यस दिन उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको सूचक घटे । सबैभन्दा बढी व्यापारको सूचक २.९७ प्रतिशतले घट्दा सबैभन्दा कम निर्जिवन बिमाको ०.१५ प्रतिशतले घट्यो ।

उच्च उतारचढावका बिच कारोबार रकम पनि घटेको छ । आइतबार १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमै सीमित भयो ।

यसदिन कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सिइडिबि हाइड्रो, अपि पावर, हिमालयन रिलगायत शीर्ष स्थानमा रहे । एनएलजी इन्स्योरेन्सको मात्रै कारोबार रकम १५ करोड ९२ लाख रुपैयाँको रह्यो ।

निरन्तर गिरावटका बिच नेप्सेमा लगानीकर्ताको मनोविज्ञान निराश बनेको देखिन्छ । जसको प्रभाव सूचकसँगै निरन्तर कारोबार रकममा देखिएको छ ।

बजारका जानकार पछिल्लो ट्रेण्ड चाडपर्वभर कायम रहन सक्ने बताउँछन् । विशेषगरी ठूला लगानीकर्ता होल्डमा रहनु र साना अल्पकालिन नाफा कमाउन उद्धत हुँदा बजार प्रभावित बनिरहेको जानकारहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट