गायक एसडी योगीको ‘पिङ्की पियारी’ सार्वजनिक-Sutra News

गायक एसडी योगीको ‘पिङ्की पियारी’ सार्वजनिक

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ गीत सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको गीतको शब्द राम अविरल बिष्टले लेखेका हुन् भने योगी आफैले सङ्गीत भरेका छन् ।



भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले नृत्य प्रस्तुत गरेका छन् । यो गीतको भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन शान थापाले गरेका छन् ।

जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् । भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । मेकअप प्रिया रोक्काले गरेकी छन् भने पहिरनको व्यवस्थापन अनुष्का डिसी र उत्पादन व्यवस्थापन विशाल कार्कीले गरेका छन् ।

यस गीतको सङ्गीत निर्माण रिकेश गुरुङ ‘किज’ले गरेका छन् । रेकर्डिङ र मिक्सिङको सुपरभाइज सागर खड्काले गरेका हुन् । जबकि मिक्स र मास्टरको जिम्मेवारी गायक तथा संगीतकार एसडी योगीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट