नागढुंगा सडक अवरुद्ध भएपछि सुरुङमार्गबाट पठाइयो सवारी साधन-Sutra News

नागढुंगा सडक अवरुद्ध भएपछि सुरुङमार्गबाट पठाइयो सवारी साधन

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । पहिरोले नागढुंगा सडक अवरुद्ध भएकाले सुरुङमार्गको पश्चिमतर्फ खुला गरिएको छ । काठमाडौँ भित्रिने मालवाहक तथा यात्रुवाहक सवारी साधन सुरुङमार्फत पठाइएको हो ।



बाढी, पहिरोले सडक खण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यससँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी काठमाडौँ पठाउन थालिएको हो ।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण देशैभरका राजमार्ग अवरुद्ध भएका छन् । नागढुंगा-मुग्लिन सडक खण्डमा सवारी चाप बढेकाले उक्त सुरुङ प्रयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट