२५ घण्टापछि खुल्यो कोशी पुल-Sutra News

२५ घण्टापछि खुल्यो कोशी पुल

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । करिब २५ घण्टापछि कोशी पुल खुला भएको छ । पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो ।



शनिबार ४ बजेदेखि पैदल यात्रुसहित सवारी साधनलाई आवतजावत गर्न रोक लगाएकोमा आइतबार दिउँसो साढे ५ बजेदेखि खुला गरिएको हो ।

खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिल्लो समय पानीको बहाव घटेको छ । आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा दिउँसो २ बजेपछि तीन लाख ९८ हजार ३७० क्युसेक मापन भएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट