अखिल क्रान्तिकारीको महाधिवेशन स्थलमा आन्दोलन-Sutra News

अखिल क्रान्तिकारीको महाधिवेशन स्थलमा आन्दोलन

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको महाधिवेशनमा सहभागी प्रतिनिधिसँग दुई हजार रुपैयाँ प्रवेश शुल्क तोकेपछि आन्दोलन भएको छ ।



दूरदराजबाट आएका विद्यार्थीसँग प्रतिनिधि शुल्क तोकेर अन्याय गरेको भन्दै आन्दोलन भएको हो । यसका लागि ६ सयभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरी अध्यक्ष मण्डललाई बुझाएका छन् ।

महाधिवेशनमा सहभागी करिब २३ सय प्रतिनिधिमध्ये २५ प्रतिशतभन्दा बढीले हस्ताक्षर संकलन गरेर शुल्क खारेज गर्नु पर्ने माग राखेका हुन् ।

गत १० गतेदेखि माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको महाधिवेशनको बन्द सत्र जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट