आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

आज मिति २०८१ असोज १४ गते सोमबार । सन् २०२४ सेप्टेम्बर ३० तारिख । नेपाल सम्बत ११४४ त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आज विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिन सके महत्वपूर्ण योजना अघि बढाउन थप सहयोग पुग्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

आजको दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेमा नयाँ काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्, साथै नाम र दाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला ।

मिथुन

पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा मनग्य लाभ हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति हुनसक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग पनि छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । ।

कर्कट

अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने समय छ । आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

सिंह

नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । रोकिएका काममा पसनः प्रयत्न गरे सफल होइनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द दिलाउला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । तथापि, इर्ष्या गर्नेहरूबाट सावधान रहने यत्न गर्नु हितकर होला ।

कन्या

नयाँ कामको प्रस्ताव आउने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । धन आर्जन हुने योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्न चाहे सफलता मिल्नेछ ।

तुला

आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनु पर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु होला । छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्ने योग छ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, ध्यान राख्नुहोला ।

बृश्चिक

इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भर पर्दा धोका मिल्ने योग छ । व्यापार(व्यवसायमा ठूलो उपलब्धि हासिल गर्न अझै समय कुर्नुपर्ला ।

धनु

बोली र व्यवहारको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनत गर्दा पहिले रोकिएको कामको प्रतिफल प्राप्त हुनेछ । फलदायी यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

मकर

समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने देखिन्छ ।

कुम्भ

दिन केही चुनौतीयुक्त रहला । आज नातेदार एवम् नजिकका मित्रसँग असमझदारी पैदा हुन सक्छ । सामान्य आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधनको उपयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ध्यान राख्नुहोस् । प्रतिकुलताका बाबजुद धन कमाउने अवसर मिल्ने देखिन्छ ।

मीन

विचार र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने मान(सम्मान पाइनेछ । तथापि, गरिरहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । व्यस्तता वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट