आज यी तीन प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो-Sutra News

आज यी तीन प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । देशका केही भागमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ ।



भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा अहिले पनि आंशिक प्रभाव कायमै छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । पहाडी भागका थोरै स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट