बाढी पहिरोमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० बेपत्ता-Sutra News

बाढी पहिरोमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० बेपत्ता

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् ।



प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनको भनाइ थियो ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट