‘रिमै’को छायांकनको लागि नेपाल आइन कबड्डीकी रिश्मा गुरुङ-Sutra News

‘रिमै’को छायांकनको लागि नेपाल आइन कबड्डीकी रिश्मा गुरुङ

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडाैं । कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा रिमैको छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् ।



‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिल शहादुर गुरुङको निर्देशनमा निार्माण हुने सिनेमालाई बिर बहादुर घलेले मिर्नण गर्दैछन् । सिनेमाको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । सिनेमामा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमाको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट