प्रभु बैंकका कर्मचारी र ग्राहकले कलेज अफ मेडिकल साइन्सेसमा छुट पाउने-Sutra News

प्रभु बैंकका कर्मचारी र ग्राहकले कलेज अफ मेडिकल साइन्सेसमा छुट पाउने

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (सिओएमएस) शिक्षण संस्था र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सिओएमएसका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिओएमएसमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले उपचार गर्दा औषधी, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।

प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले छुट पाउन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ ।

तर यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट