नख्खुखोलामा बाढीले बगाएका व्यक्तिहरुको उद्धार गरेका चणिकलाललाई महालक्ष्मीले गर्याे सम्मान-Sutra News

नख्खुखोलामा बाढीले बगाएका व्यक्तिहरुको उद्धार गरेका चणिकलाललाई महालक्ष्मीले गर्याे सम्मान

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडाैं । अविरल वर्षासँगै शनिबार ललितपुर महानगरपालिका वडा न. १३ स्थित नख्खुखोलामा शनिबार आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।



आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङले जोखिमका बीच देखाएको साहसको प्रसंशा गर्दै १ लाख नगदसहित सम्मान गरेको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशभर आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट