गुल्सनको प्रदर्शनमा टि २० सिरिजको दोस्रो खेलमा नेपाल-Sutra News

गुल्सनको प्रदर्शनमा टि २० सिरिजको दोस्रो खेलमा नेपाल

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि २० सिरिज क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।



जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई १३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए । कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७६ रनको योगफल बनाएको थियो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् ।

त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिँदा आसिफ शेख र अनिल शाहले समान २७-२७ रन बनाए । कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए ।

बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट