प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आजको कारोबार के होला ?

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । नेप्से २.१९ अंकले बढ्दै २४६६.६० को बिन्दुमा उक्लिएको छ ।



लगातार गिरावटको प्रभाव प्रिसेसनमा समेत कारोबार न्यून कम्पनीको भयो । यो सेसनमा जम्मा २७ कम्पनीको सेयर किनबेच भयो ।२७ कम्पनीको १५५४ कित्ता सेयर किनबेच हुँदा जम्मा कारोबार रकम १३ लाख ३१ हजार ५२२ रुपैयाँको भयो ।

यो सेसनमा कारोबार भएका कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो ।

लगातार गिरावटका बिच साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक नेप्से २२.३६ अंकले घट्दै २४६४.४० को बिन्दुमा झरेको थियो । सँगै नेप्सेमा कारोबार रकम पनि तीन महिनायताकै कम भएको थियो । लगातार गिरावटका बिच आइतबार कारोबार रकम ४ अर्ब ५ करोडमै सीमित बनेको थियो ।

लगातार गिरावटका बिच नेप्सेमा उत्साह हराउँदै गर्दा आजको कारोबार के रहला भन्ने जिज्ञासा आमरुपमा देखिन्छ । यद्यपि, बजारका अनुभविहरु चाडपर्वभर यस्तै प्रभाव कायमै रहन सक्ने अनुमान गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट