गैरजिम्मेवारी बनेका धादिङ र काभ्रेका सीडीओहरू गृह मन्त्रालय तानिए-Sutra News

गैरजिम्मेवारी बनेका धादिङ र काभ्रेका सीडीओहरू गृह मन्त्रालय तानिए

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई गृह मन्त्रालयमा तानेको छ । बाढी पहिरोमा गैरजिम्मेवारी काम गरेको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।



धादिङका सीडीओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सीडीओ सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मन्त्रालयले धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई सीडीओको जिम्मेवारीमा पठाएको छ । दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको गृह मन्त्रालयले दाबी गरेको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा सबैभन्दा धेरै जनधनको क्षति भएसँगै उनीहरूको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट