दोस्रो दिन पनि घट्यो सुनको मूल्य-Sutra News

दोस्रो दिन पनि घट्यो सुनको मूल्य

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे दाेस्राे काराेबार दिन (सोमबार) सुनको मूल्य घटेकाे छ ।



शुक्रबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता घटिरहेको छ । शुक्रबार सुनकाे मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

आइतबार प्रतिताेला ६ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य साेमबार प्रतिताेला १ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनकाे मूल्य घट्दा आज चाँदीकाे मूल्य पनि घटेकाे छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतिताेला पाँच रुपैयाँले घट्दै एक हजार ९४० रुपैयाँ कायम भएकाे छ ।

यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६५८.८५ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट