नख्खुखोलाले बगाएका व्यक्तिहरुको उद्धार गर्ने चणिकलाललाई बागमती सरकारले पनि सम्नान गर्ने-Sutra News

नख्खुखोलाले बगाएका व्यक्तिहरुको उद्धार गर्ने चणिकलाललाई बागमती सरकारले पनि सम्नान गर्ने

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेको चणिकलाल तामाङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । तामाङलाई प्रदेश सरकारले डेढ लाख नगदसहित सम्मान गर्न लागेको हो ।



अविरल वर्षासँगै ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेका दुई जनालाई तामाङले बचाएका थिए । लामो समय टहराको छतमा बसेर गुहार मागेका उनीहरुलाई सरकारी निकायले बचाउन प्रयत्न नगरिरहँदा तामाङ बेलमा हाेमिएर जाेगाएका थिए ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो ।

तामाङले दुई जनालाई उद्धार गरी बचाए भने एक जना आफैं पौडिएर निस्कन सफल भए । यद्दपि, राजकी चार वर्षीय छोरी सेर्तु अझै पनि बेपत्ता छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट