छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन-Sutra News

छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई छाड्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । गैरकानुनीरूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।



छविलाल जोशीका छोरा रोचक जोशीले थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो भने सोमबार पेसी तोकिएको छ ।

रोचक जोशीले दायर गरेकाे रिट आज न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको इजलासमा परेकाे छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा जाेशी असाेज ६ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान चलिरहेकाे छ ।

जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे ।

जाेशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट