पोखरा जाँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना, १२ जना घाइते-Sutra News

पोखरा जाँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना, १२ जना घाइते

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । छहरे-टोखा सडक खण्ड हुँदै पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।



उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे शिवपुरी गाँउपालिका ७ अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल पुगेको हो ।

गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वी राजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नम्बरको माइक्रो धादिङको विभिन्न स्थानमा गएको पहिरोले नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा थियो ।

प्रहरीका अनुसार दुर्घटना स्थलमा ठूलो भीर भए पनि रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट