२५ सयमा फर्कियो नेप्से, अबको यात्रा कता ?-Sutra News

२५ सयमा फर्कियो नेप्से, अबको यात्रा कता ?

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । नेप्से ४४.४५ अंकले बढ्दै २५०८.८६ को बिन्दुमा उक्लिएको छ ।



उच्च अंकको बृद्धि भएपनि कारोबार रकम भने आज घट्यो । ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाखमै सीमित बन्यो ।

आज सामूहिक लगानीबाहेकका सबैजसो समूहका सूचक बढे । फाइनान्स ४.१९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ३.२८ प्रतिशतले बढ्यो । यसैगरी उत्पादन तथा प्रशोधन ३.८३ प्रतिशतले बढ्यो ।

आज वाणिज्य बैंक १.१८, विकास बैंक १.९३, जलविद्युत १.२२, लगानी २.४५, जीवन बीमा १.७८, लघुवित्त १.८५, निर्जीवन ०.७१, अन्य २.३७, व्यापार १.५२ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २१० को मूल्य बढ्यो भने ३३ कम्पनीको मूल्य घट्यो । सिइडिबी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा चार वटा कम्पनीको मूल्यमा नौ प्रतिशत बढीको बृद्धि भयो ।

आज कारोबार रकमका आधारमा पनि सिइडिबी हाइड्रो अग्रस्थानमा रह्यो । जसका ११०५ पटक सेयर खरिद बिक्री हुँदा कारोबार रकम १७ करोड ६९ लाख ६४ हजार रुपैयाँको भयो । सिइडिबीसँगै सर्वोत्तम, सिवम्, नेपाल फाइनान्स, हिमालयन रिलगायतको कारोबार उच्च रह्यो ।

लगातार गिरावटका बिच भएको उच्च अंकको बृद्धिले लगानीकर्ताको मनोविज्ञान केही स्थिर बनेको संकेत गरेको छ । यद्यपि, कारोबार रकम अध्याधिक घटेको कारण धेरै लगानीकर्ता सक्रिय नरहेको देखाउँछ । जसमा चाडपर्वको विशेष प्रभाव परेको जानकारहरु बताउँछन् ।

आजको बृद्धिले भने नेप्सेमा सकारात्मक सञ्चार गराएको छ । समग्रमा सोमबार बनेको नेप्से क्यान्डलले आगामी दिनमा पनि थप बढ्ने संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट