माओवादी केन्द्रले बनायो केन्द्रीय राहतकोष, सांसदले दश दिनको पारिश्रमिक दिने-Sutra News

माओवादी केन्द्रले बनायो केन्द्रीय राहतकोष, सांसदले दश दिनको पारिश्रमिक दिने

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रको नाममा रहेको ग्लोबल आईएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो ।



हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश–दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।

त्यस्तै, पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

विपतको सामना गर्न पार्टी पङ्क्ति र मोर्चाहरूलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट