टाटाको ‘फ्लोड फिक्स रिस्टोरेसन क्याम्प’: कल गर्दा घरमै गाडी मर्मतको सुविधा पाइने-Sutra News

टाटाको ‘फ्लोड फिक्स रिस्टोरेसन क्याम्प’: कल गर्दा घरमै गाडी मर्मतको सुविधा पाइने

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढी पहिरो तथा डुवानका घटनाबाट टाटा प्यासेन्जर गाडीमा क्षति पुगेका गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ।



यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ। टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन्।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेको गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ।

यस दुःखद घडीमा ग्राहकलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको कम्पनीको भनाइ छ।

यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

टाटाका ग्राहकहरूलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखी यस आपलकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रवन्धक कुमार भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट